Rule 9
सशस्त्र प्रहरी सेवाको पदपूर्ति
: (१) सशस्त्र प्रहरी सेवाको देहायको पद देहाय बमोजिम पूर्ति गरिनेछ :–
(क) साधारण समूह, साधारण उपसमूहतर्फ :– पद खुल्ला प्रतियोगिताद्वारा बढुवाद्वारा (१) सशस्त्र प्रहरी परिचर वा सो सरह १००% – (२) सशस्त्र प्रहरी जवान वा रिक्रुट १००% – (३) सशस्त्र प्रहरी सहायक हवल्दार – १००% (४) सशस्त्र प्रहरी हवल्दार – १००% (५) सशस्त्र प्रहरी वरिष्ठ हवल्दार – १००% (६) सशस्त्र प्रहरी सहायक निरीक्षक ६०% ४०% (७) सशस्त्र प्रहरी नायब निरीक्षक – १००% (८) सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक – १००% (९) सशस्त्र प्रहरी निरीक्षक ६०% ४०% (१०) सशस्त्र प्रहरी निरीक्षक भन्दा माथिका सम्पूर्ण पदहरू – १००%
(ख) साधारण समुह, कानून उपसमूहतर्फ :– पद खुल्ला प्रतियोगिताद्वारा बढुवाद्वारा (१) सशस्त्र प्रहरी निरीक्षक १००% – (२) सशस्त्र प्रहरी निरीक्षक भन्दा माथिका सम्पूर्ण पदहरु – १००% (ग) साधारण समूह, लेखा उपसमूहतर्फ :– पद खुल्ला प्रतियोगिताद्वारा बढुवाद्वारा (१) सशस्त्र प्रहरी वरिष्ठ हवल्दार १००% – (२) सशस्त्र प्रहरी सहायक निरीक्षक ६०% ४०% (३) सशस्त्र प्रहरी नायब निरीक्षक – १००% (४) सशस्त्र प्रहरी निरीक्षक ७५% २५% (५) सशस्त्र प्रहरी निरीक्षक भन्दा माथिका सम्पूर्ण पदहरु – १००%
(घ) प्राविधिक समूहतर्फ :– पद खुल्ला प्रतियोगिताद्वारा बढुवाद्वारा (१) सशस्त्र प्रहरी जवान १००% – (२) सशस्त्र प्रहरी सहायक हवल्दार – १००% (३) सशस्त्र प्रहरी हवल्दार ६०% ४०% (४) सशस्त्र प्रहरी वरिष्ठ हवल्दार – १००% (५) सशस्त्र प्रहरी सहायक निरीक्षक ६०% ४०% (६) सशस्त्र प्रहरी नायब निरीक्षक ७५% २५% (७) सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक – १००% (८) सशस्त्र प्रहरी निरीक्षक ७५% २५% (९) सशस्त्र प्रहरी निरीक्षक भन्दा माथिका सम्पूर्ण पदहरू – १००%
(२) उपनियम (१) को खण्ड (घ) को उपखण्ड (९) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राविधिक समूहको स्वास्थ्य तर्फको सशस्त्र प्रहरी नायब उपरिक्षकको दरबन्दी सिर्जना हुँदाका बखत विशेष शैक्षिक योग्यता तोकिएको र बढुवाद्वारा त्यस्तो पद पूर्ति गर्न सम्भाव्य उम्मेदवार नभएमा त्यस्तो पद खुला प्रतियोगिताद्वारा पूर्ति गर्न सकिनेछ ।
(३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सशस्त्र प्रहरी सेवालाई समावेशी बनाउन खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये पैंतालीस प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शत प्रतिशत मानी देहाय बमोजिमका उम्मेदवारका बीचमा मात्र छुट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछ :–
(क) महिला – बीस प्रतिशत
(ख) आदिवासी/जनजाति – बत्तीस प्रतिशत
(ग) मधेसी – अट्ठाइस प्रतिशत
(घ) दलित – पन्ध्र प्रतिशत
(ङ) पिछडिएको क्षेत्र – पाँच प्रतिशत
स्पष्टीकरणः
(१) यस उपनियमको (क), (ख), (ग) र (घ) को प्रयोजनको लागि “महिला, आदिवासी/जनजाति, मधेसी र दलित” भन्नाले आर्थिक तथा सामाजिक रुपमा पछाडि परेका महिला, आदिवासी/जनजाति, मधेसी र दलित सम्झनु पर्छ ।
(२) यस उपनियमको प्रयोजनको लागि “पिछडिएको क्षेत्र” भन्नाले अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्ला सम्झनु पर्छ ।
(४) उपनियम (३) बमोजिम प्रतिशत निर्धारण गर्दा एक प्रतिशतभन्दा कम घताङ्क(फ्र्याक्सन) आएमा त्यस्तो घताङ्क जुन समुदायको हकमा आएको हो सोभन्दा लगत्तै पछिको समुदायमा सर्दै जानेछ ।
(५) उपनियम (३) बमोजिम छुट्याइएको पदमा कुनै दरखास्त नपरेमा वा आवश्यक सङ्ख्यामा उम्मेदवार उत्तीर्ण हुन नसकी आवश्यक सङ्ख्यामा पदपूर्ति हुन नसकेमा त्यसरी नपुग भएको पद सङ्ख्या सोही वर्षको खुल्ला प्रतियोगिताद्वारा पूर्ति गरिने पदमा समावेश गरिनेछ ।
(६) उपनियम (३) बमोजिम पदपूर्ति गर्ने प्रयोजनका लागि आर्थिक तथा सामाजिक रुपमा पछाडि परेका महिला, आदिवासी÷जनजाति, मधेस र दलित समुदायको विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सुचना प्रकाशित गरी तोके बमोजिम हुनेछ ।
तर त्यसरी नतोकेसम्मको लागि जुनसुकै महिला, आदिवासी÷जनजाति, मधेसी र दलित समुदायलाई आर्थिक तथा सामाजिक रुपमा पछाडि परेको समुदाय मानिनेछ ।
(७) उपनियम (३) बमोजिम छुट्याइएका पदको लागि दरखास्त पेश गर्दा देहाय बमोजिमका प्रमाण संलग्न गर्नु पर्नेछ :–
(क) आदिवासी/जनजातिका लागि नेपाल आदिवासी÷जनजाति उत्थान राष्ट्रिष्य प्रतिष्ठानबाट आदिवासी/जनजाति भनी प्रमाणित भएको,
(ख) दलितका लागि राष्ट्रिय दलित आयोगबाट दलित भनी प्रमाणीत भएको,
(ग) मधेसीका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित भएको,
तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित भएको हुनु पर्नेछ ।
(घ) पिछडिएको क्षेत्रका लागि उपनियम (३) मा उल्लेख भएका जिल्लामा स्थायी बसोबास गरी सम्बन्धित जिल्लाबाट नै नागरिकताको प्रमाणपत्र प्राप्त गरेको तथा सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकाबाट दरखास्त पेश गर्दाका बखतसम्म सोही स्थानमा स्थायी बसोबास भएको भन्ने सिफारिस गरिएको ।
(८) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखेको भएता पनि खुल्ला प्रतियोगिताद्वारा पूर्ति गरिने रिक्त पद मध्ये दुई प्रतिशत पदमा यस नियमावली बमोजिमको न्यूनतम योग्यता पुगेका अमर सशस्त्र प्रहरी र अशक्त सशस्त्र प्रहरी कर्मचारीको सन्तति मध्येबाट पदपूर्ति गरिनेछ ।
(९) सशस्त्र प्रहरी सेवाको रिक्त पद पूर्तिको लागि आयोगले यस नियम बमोजिम पद संख्या निर्धारण
गर्नेछ ।